त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
ratopati.com · Thu Jul 23 12:13:01 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा प्रणालीमा देखिएको अस्वाभाविक ढिलाइ र प्रशासनिक उदासीनताका कारण स्नातक तहका हजारौँ विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । २०८१ सालतर्फको तीनवर्षे बीए प्रथम वर्षको आंशिक परीक्षा २०८२ सालभित्रै सम्पन्न हुनुपर्नेमा २०८३ सालको जेठमा मात्र सञ्चालन गरिएकाले विद्यार्थीहरू मारमा परेका छन् ।
परीक्षा सकिएको डेढ महिना भइसक्दा पनि नतिजाको टुङ्गो नलागेपछि विद्यार्थीले आगामी साउन १५ गतेभित्र जुनसुकै हालतमा नतिजा सार्वजनिक गर्न माग गरेका छन् । पनिकाले ९० दिनको समय सीमा भनेर बस्नु नहुने विद्यार्थी बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)