राष्ट्र बैंकको नयाँ व्यवस्था: नेपालमा २०० र ५०० दरका भारतीय नोट चलाउन पाइने
nagariknews.nagariknetwork.com · Thu Jul 23 12:12:16 GMT 2026

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा ओसारपसारसम्बन्धी व्यवस्था परिमार्जन गर्दै नेपालमा २०० र ५०० दरका भारतीय रुपैयाँ (भारु) नोट प्रयोग गर्न सकिने व्यवस्था स्पष्ट गरेको छ।
राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्थाअनुसार भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्मका प्रचलनमा रहेका २०० र ५०० दरका नोट नेपालमा ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्। यद्यपि सन् २०१६ नोभेम्बर ९ भन्दा अघि जारी भएका ५०० र १००० दरका भारतीय नोट भने प्रतिबन्धित नै रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)