नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक १४.१७ अङ्कले बढेर २,७२६.१७ विन्दुमा पुगेको छ। बजारमा आएको यो वृद्धिसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९८ अङ्कले बढेर ४७१.३० मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक ०.७३ अङ्कले बढेर १८६.५८ र सेन्सेटिभ फ्लोट सूचक ०.२९ अङ्कले बढेर १५९.७३ विन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका १ करोड ७७ हजार २२२ कित्ता सेयरहरू खरिदबिक्री हुँदा कुल रु ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० बराबरको कारोबार भएको छ। आज कारोबार भएका कुल १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूह बढेका छन् भने २ वटा उपसमूह घटेका छन्। बजारमा आज १५३ वटा कम्पनीको सेयर मूल्य बढेको छ, १११ वटा कम्पनीको घटेको छ र १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)