भरत ताल फन पार्क अनियमिततामा मधेशका पूर्वअर्थमन्त्री र सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
nepalpress.com · Thu Jul 23 12:19:50 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती फन पार्क एण्ड रिसोर्ट) निर्माणमा भएको अनियमिततालाई लिएर पूर्वमन्त्री, सचिव र मेयरसहित ७ जना र एक ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मधेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह (३५ करोड बिगो), तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर (३५ करोड बिगो), बागमतीका मेयर भरत कुमार थापा (३९ करोड ३९ लाख ६६ हजार बिगो), तत्कालीन उपमेयर लीलाकुमारी मोक्तान (३९ करोड ३९ लाख ६६ हजार बिगो), प्रशासकीय अधिकृत विमलकुमार पोखरेल उपसचिव उद्धवराज न्यौपाने र विकुई–धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)