कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
ratopati.com · Thu Jul 23 12:31:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ । सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले पुनरवलोकन निवेदन दिएका हुन् ।
उक्त निवेदन अब ३ न्यायाधीशको इजलासमा पेसी तोकिन्छ । तीन न्यायाधीशको इजलासले निस्सा दिएमा अघि बढ्छ भने नदिएमा टुङ्गो लाग्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)