रास्वपा सांसदले ठेक्का पाएको बुटवल सडकको तेस्रोपटक म्याद थप, सकिनेमा अझै शंका
nepalpress.com · Thu Jul 23 12:29:50 GMT 2026

रुपन्देही । एक दशकदेखि अलपत्र बुटवलको ‘चौराहा–गोलपार्क’ सडक खण्ड निर्माण तोकिएको समयमा सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरिएको छ । सुरुवाती निर्माण कम्पनीले लामो समय सडक अलपत्र पारेपछि ‘बावुल दर्शन’ ले ठेक्का पाएको थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तौफिक अहमद खान संलग्न उक्त कम्पनीले पनि समयमा काम नसकेपछि तेस्रो पटक म्याद थपिएको हो ।
यसअघि असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए तापनि काम पूरा नभएपछि आगामी २०८३ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको छ । अझै ४० प्रतिशत काम बाँकी रहेको यस सडकमा वर्षाको समयलाई ख्याल नगरी असोजसम्म मात्र म्याद थपिनुले समयमै काम पूरा हुनेमा संशय उब्जाएको छ । ‘बावुल दर्शन मालिका जेभी’ का नाममा रहेको यो सडक ठेक्का सम्झौतामा रुपन्देही क्षेत्र नं ५ बाट निर्वाचित सांसद खानले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)