कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्नेछ : सभापति थापा
nepalnews.com · Thu Jul 23 12:45:14 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बिपी स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुकको पछिल्लो परिस्थितिअनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
पार्टीमा भित्र र बाहिर सरकारका निर्वाचनमा मात्र बढी केन्द्रित हुने प्रवृति बढेको उल्लेख गर्दै सभापति थापाले बिपीको आदर्श र त्यागबाट सिकेर निर्वाचन तथा राजनीतिसँगै परोपकार सेवा र कल्याणका कामका जोडिन नेताकार्यकर्तालाई आग्रह गरे। उनले भने, “रिलबाट निस्केर रियल लाइफमा हेर्नुस्, अनिमात्र सर्वसाधारण जनताका आवाज सुनिनेछन्। दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्नुस्।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)