प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान
nepalnews.com · Thu Jul 23 12:40:15 GMT 2026

काठमाडौँ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन्। उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतका प्रधानन्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ। उनी भ्रमणपश्चात यही ११ साउनमा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)