अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालको सफलता, तीन विद्यार्थीले जिते पदक
onlinekhabar.com · Thu Jul 23 12:49:00 GMT 2026

७ साउन, पोखरा । चीनको सांघाईमा सम्पन्न ६७ औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ) मा नेपाली टोलीले उत्कृष्ट नतिजा हासिल गर्दै नयाँ इतिहास रचेको छ ।
नेपालले समग्र ५७ अंक प्राप्त गर्दै यसअघि हासिल गरेको ४६ अंकको कीर्तिमान तोडेको हो । ११७ देशका ६६६ प्रतिस्पर्धीबीच नेपाल ८४औँ स्थानमा रहँदा तीन नेपाली विद्यार्थीले अनरेबल मेन्सन पदक जित्न सफल भएका छन् ।