सरकार तमासा बन्द गरोस्, गाडी लगेर मिडिया हाउस अगाडि नराखोस् : माधव नेपाल
onlinekhabar.com · Thu Jul 23 12:52:54 GMT 2026

७ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सह-संयोजक माधवकुमार नेपालले सरकारसँग तमासा नगर्न आग्रह गरेका छन् । समाजवादी प्रेस संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
‘सरकारले तमासा नदेखाओस् । गाडी लगेर मिडिया हाउस र नेताको घर अगाडि तेर्स्याउने काम नगरोस्,’ नेपालले भने, ‘जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन । १०० दिन दिइहालियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)