नेपाल र सिचुआन प्रान्तबीच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
barnanmedia.com · Thu Jul 23 12:59:23 GMT 2026

काठमाडौँ, ७ साउनः नेपाल र चीनको सिचुआन प्रान्तबीच संस्कृति/पर्यटन प्रवर्द्धनमा हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । सिचुआन प्रान्तीय संस्कृति र पर्यटन विभागले आज यहाँ आयोजना गरेको चीन (सिचुआन)–नेपाल सांस्कृतिक र पर्यटन उद्योग आदानप्रदानसभाका वक्ताहरूले दुवै मुलुकबीच कला, संस्कृति र पर्यटनको आदानप्रदान गरेर पर्यटनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
चीनको सिचुआन प्रान्त संस्कृति र पर्यटन विभागका निर्देशक चेन गुआङहाओले सिचुआन र नेपालबीच समन्वय र सहकार्य गरेर कलासंस्कृतिको आदानप्रदान र पर्यटन प्रवर्द्धनमा सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)