प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
ratopati.com · Thu Jul 23 13:19:40 GMT 2026

काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति अवलम्बन गरेको आरोप लगाउँदै त्यसको विरोधमा साउन ९ गते माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने घोषणा गरेको छ ।
बिहीबार जारी संयुक्त प्रेस विज्ञप्तिमा आम निर्वाचनपछि गठन भएको वर्तमान सरकारबाट प्रेस स्वतन्त्रताको संवैधानिक मर्मअनुसार सञ्चार क्षेत्रमैत्री नीति आउने अपेक्षा गरिएको भए पनि व्यवहारमा प्रेसमाथि दबाब, अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन तथा सञ्चारगृह लक्षित गतिविधि बढ्दै गएको उल्लेख गरेको छ । महासंघले यस्ता गतिविधिका कारण नेपाली सञ्चार क्षेत्र डरलाग्दो स्वनियन्त्रणको अवस्थाबाट गुज्रिरहेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)