विश्वविद्यालयमा दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह
nagariknews.nagariknetwork.com · Thu Jul 23 13:25:41 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपति पोखरेलले सुधार र रूपान्तरणको दृष्टिकोणसहित सबै विश्वविद्यालयमा उपकुलपतिहरू नियुक्त भएसँगै विश्वविद्यालयहरू गतिशील भइरहेको बताएका हुन्। उनले त्रिविको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागबण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)