विद्यालयको भान्सामा ग्यासको पाइप फुस्किएर सल्किएको आगोबाट बालिका घाइते
onlinekhabar.com · Thu Jul 23 13:21:59 GMT 2026

७ साउन, पाल्पा । पाल्पामा विद्यालयमै ग्यासको पाइप फुस्किएर आगो लाग्दा एक बालिका घाइते भएकी छन् । तानसेन नगरपालिका–४ सिल्खानटोलस्थित मिलिनियम माध्यमिक विद्यालयमा बिहीबार दिउँसो सो घटना भएको हो ।
विद्यालयको भान्साकोठामा खाना खाइरहेका बेला अचानक ग्यासको पाइप फुस्किएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत ८ वर्षीया साजुदा बानु घाइते भएकी हुन् । आगलागीबाट साजुदाको अनुहार, दुवै हात, छातीको दाहिने भाग तथा कम्मरदेखि पैतालासम्मको भाग जलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)