यसरी सम्भव छ बाह्रैमास पर्यटन
ratopati.com · Thu Jul 23 13:56:26 GMT 2026

गण्डकी । कुनैताका वर्षायाम र मध्य जाडोमा पोखरामा पर्यटकीय गतिविधि शून्य प्रायः हुन्थ्यो । पोखराको निर्भरता मौसमी पर्यटनमा थियो । यहाँको पर्यटन बजारलाई ‘सिजन’ र ‘अफसिजन’मा छुट्टाउने गरिन्थ्यो । अहिले पोखराको पर्यटन कुनै याममा मात्र सीमित छैन । ‘सबै मौसममा पर्यटन’को लक्ष्यतर्फ पोखरा अग्रसर छ । अहिले वर्षात्को बेला छ । पर्यटन व्यवसायी यसलाई ‘अफसिजन’ भन्न नहुने तर्क गर्छन् । पछिल्लो समय पर्यटक कम आउने यामलाई ‘लो–सिजन’ र मुख्य पर्यटकीय यामलाई ‘हाइ–सिजन’ भन्ने गरिएको छ ।
पहिलेपहिले वर्षायाम (असार–भदौ) र मध्यजाडो (पुस–माघ)लाई पर्यटनमा ‘अफसिजन’ मानिन्थ्यो । त्योबेला पोखराको लेकसाइडमा प्रायः होटल, रेष्टुराँ बन्द हुन्थे । व्यवसायीले कर्मचारी/कामदारलाई बिदा दिन्थे । विदेशी पर्यटक देख्नु/भेट्नु दुर्लभ जस्तै थियो तर अहिले त्यही याममा लेकसाइडका होटलको ‘अकुपेन्सी’ २० प्रतिशतसम्म छ । ‘हाइ–सिजन’मा भने यो दर ९५ प्रतिशतसम्म पुग्ने गरेको छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका भनाइमा निजी क्षेत्र, राज्यका निकायलगायत सबैको साझा प्रयासमा पोखराको पर्यटन यहाँसम्म आइपुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)