गगन थापाबाट कांग्रेसको आधिकारिकता खोस्ने प्रयासमा देउवा, सर्वोच्चमा पुनरावलोकन निवेदन
shilapatra.com · Thu Jul 23 13:59:00 GMT 2026

नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवापक्षले सर्वोच्च अदालतले निवेदन दिएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको समिति वैद्य भएको ठहर गरेको थियो । अदालतको उक्त फैसला त्रुटिपूर्ण भएको भन्दै देउवा समूहले पुनरावलोकनका लागि निवेदन दिएको हो ।
बिहीबार निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । उनले अब तीन जना न्यायाधीशहरूले बसेर यो मुद्दामा पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)