भारतले जित्यो वुमेन्स साफ च्याम्पियनसिपको उपाधि
kendrabindu.com · Sun Jun 07 01:09:19 GMT 2026
गोवा (भारत) — भारतले छैटौंपल्ट वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ । भारतले पण्डित जवाहरलाल नेहरु स्टेडियममा शनिबार भएको फाइनलमा दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ३–१ ले हराएको हो ।
घरेलु टिमका लागि प्यारी सासाले १ गोल गरिन् र अर्को गोलमा अवसर सिर्जना गरिन् । प्यारीको गोलले भारतले ४२ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशका तर्फबाट ऋतुपोर्ना चक्माले बराबरी गोल फर्काइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)