नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
ratopati.com · Thu Jul 23 14:19:24 GMT 2026

काठमाडौँ । नेपाल र चीनको सिचुआन प्रान्तबिच संस्कृति/पर्यटन प्रवर्द्धनमा हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन्। सिचुआन प्रान्तीय संस्कृति र पर्यटन विभागले बिहीबार यहाँ आयोजना गरेको चीन (सिचुआन)–नेपाल सांस्कृतिक र पर्यटन उद्योग आदानप्रदानसभाका वक्ताहरूले दुवै मुलुकबीच कला, संस्कृति र पर्यटनको आदानप्रदान गरेर पर्यटनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
चीनको सिचुआन प्रान्त संस्कृति र पर्यटन विभागका निर्देशक चेन गुआङहाओले सिचुआन र नेपालबीच समन्वय र सहकार्य गरेर कलासंस्कृतिको आदानप्रदान र पर्यटन प्रवर्द्धनमा सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)