पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
ratopati.com · Thu Jul 23 14:45:34 GMT 2026

काठमाडौँ । बुधबार सरकारले भैरहवा र पोखराका दुई अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डेलिङ र विमानस्थल शुल्कवापतको रकममा ५० प्रतिशत छुट दिने निर्णय गर्यो । विमानस्थल सञ्चालन सुरु भएपछि कायम भएको छुटलाई निरन्तरता दिन मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
हाल विमानस्थलहरूमा न्यारो बडी जहाज उडान भर्दा एउटा उडानबापत झण्डै एक हजार अमेरिकी डलर शुल्क तिर्नुपर्छ । वाइडबडी जहाजहरूले भारका आधारमा १५/१६ सय डलरसम्म तिर्नुपर्ने अवस्था रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला बताउँछन् । यसमा ५० प्रतिशत छुटलाई निरन्तरता दिइएको हो । असोजदेखि लागु हुने नयाँ व्यवस्थामा अब चार्टर्ड फ्लाइटले भने सुविधा नपाउने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)