सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
ratopati.com · Thu Jul 23 15:06:51 GMT 2026
काठमाडाैँ। टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतले पहिलो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा भारतले जिम्बाब्वेलाई ७ विकेटले हराएको हो ।
सिरिजको पहिलो खेलमा टोलीका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले मात्र १८ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरे। सन् २०२६ को यू-१९ विश्वकप फाइनलमा ८० बलमा १७५ रन बनाएको मैदानमै फर्किएका सूर्यवंशीले जिम्बाब्वेका बलरविरुद्ध आक्रामक ब्याटिङ गरे। जिम्बाब्वेले प्रस्तुत गरेको १२६ रनको सामान्य लक्ष्य भारतले ४० बल बाँकी छँदै सजिलै पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)