पेस्की असुलीमा कडाइ गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्ड
barnanmedia.com · Thu Jul 23 14:56:52 GMT 2026
कोशी प्रदेश खेलकुद विकास बोर्डले मातहतको कार्यालयलाई विभिन्न प्रयोजनमा पठाएको पेस्की खर्च नभएका अवस्थामा असुल गर्न थालेको छ ।
बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि छुट्याउने गरेको रकम जिल्लामा पठाउने गरेको तर खर्च नभएको रकम लामो समयसम्म फिर्ता नभएपछि पेस्की फछ्र्यौटमा कडाइ गरेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिए । उनले बोर्डमातहत खर्च हुने पैसाको ठूलो हिस्सा खेल प्रतियोगिता र खेलाडीका लागि भएकाले त्यस्तो रकम जिल्ला खेलकुद समितिले कुनै अन्य प्रयोजनमा प्रयोग गरे गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न बोर्डले पहल गरेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)