शिवशक्ति ग्रुपद्वारा रु. ५१ लाख सहयोग
corporatenepal.com · Thu Aug 27 11:56:25 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि शिवशक्ति ग्रुपको तर्फबाट रु. ५१ लाख सहयोग गरेको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिवशक्ति ग्रुपका राजकुमार अग्रवाल,सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित सम्पूर्ण कम्पनी परिवारको तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. ५१ लाख सहयोग गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)