वैभव सूर्यवंशी बने टी-२०आईमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी
onlinekhabar.com · Thu Jul 23 15:36:03 GMT 2026
७ साउन, काठमाडौं । भारतका ब्याटर वैभव सूर्यवंशीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । जिम्बाबेविरुद्धको पहिलो टी–२०आईमा अर्धशतक प्रहार गर्दै उनी पुरुष टी–२०आईमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् ।
हरारेमा भएको खेलमा १५ वर्ष ११८ दिनका सूर्यवंशीले केवल १८ बलमै आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । उनको इनिङ्समा चार चौका र चार छक्का समावेश थियो । भारतले १२६ रनको लक्ष्य ६ ओभरभन्दा बढी खेल बाँकी रहँदै सहज रूपमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)