नेपालमा अबदेखि २०० र ५०० दरका भारु चल्ने, डलरको सीमा ५ हजार पुर्याइयो
annapurnapost.com · Thu Jul 23 16:03:08 GMT 2026

काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपालमा नगद विदेशी मुद्रा भित्र्याउने तथा बाहिर लैजाने सम्बन्धी व्यवस्था संशोधन गर्दै अब २०० र ५०० दरका भारतीय रुपैयाँका नोट पनि ल्याउन, लैजान र सटही गर्न सकिने व्यवस्था गरेको छ। यात्रुले भन्सार घोषणा नगरी नेपालमा ल्याउन पाउने अमेरिकी डलरको सीमा पनि बढाएर ५ हजार डलर पुर्याइएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली वा विदेशी नागरिकले अब भन्सार घोषणा नगरी अमेरिकी डलर ५ हजारसम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा) नेपाल भित्र्याउन सक्नेछन्। यसअघि यो सीमा कम थियो। ५ हजार डलरभन्दा बढी रकम ल्याउँदा भने भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था यथावत् राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)