नेपाल लगातार दोस्रो खेलमा पनि पराजित, नेदरल्यान्ड्स ६ विकेटले विजयी
neplays.com · Thu Jul 23 16:15:00 GMT 2026
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमै समेटिएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। गुल्सन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४, करण केसीले अविजित १३ तथा सोमपाल कामीले १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)