नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
ratopati.com · Thu Jul 23 16:11:00 GMT 2026
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाली टोली पुनः पराजित भएको छ । घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गर्दै सहज जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर ३५ बल बाँकी छँदै पूरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा कप्तान तथा विकेटकिपर स्कट एडवर्ड्सले कप्तानी पारी खेले । उनले ८९ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित ६१ रन बनाए । त्यस्तै नोआ क्रोसले ५९ बलमा ३४ रन बनाउँदै एडवर्ड्सलाई उत्कृष्ट साथ दिए । यी दुईबिच पाँचौँ विकेटका लागि भएको अविजित साझेदारी नै नेदरल्यान्ड्सको जितको मुख्य आधार बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)