फेरि बढ्यो भोटेकोशीमा पानीको बहाब, तर ठूलो जोखिम छैन
corporatenepal.com · Sun Aug 30 00:33:01 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। यद्यपि, बाढी पूर्वानुमान महाशाखाले भने अहिलेको अवस्थालाई लिएर त्रसित हुनुपर्ने अवस्था नरहेको जनाएको छ।
ल्हेन्दे खोलाबाट भोटेकोशीमा पुनः बाढी आएको सूचना आएपछि रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले नदी आसपासका बासिन्दालाई सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)