टनेल टेक्निकल टिमसहित भारतबाट चौथो खेपको सहयोग नेपाल आइपुग्यो
corporatenepal.com · Sun Aug 30 00:38:59 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावितका लागि भारतले थप राहत सामग्री नेपाल पठाएको छ। भारतले शनिबार राति सी–१३० सैन्य विमानमार्फत टनेल टेक्निकल टिमसहित ११ टन राहत सामग्री नेपाल पठाएको हो । यो भोटेकोसी बाढीपछि भारतबाट नेपाल पठाइएको चौथो खेप सहयोग हो।
भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार पछिल्लो खेपमा खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ प्राविधिक टोली पनि समावेश छ। यस्तै, फोरेन्सिक उपकरणसहित डीएनए विश्लेषणमा सहयोग गर्ने विशेषज्ञ टोली पनि नेपाल पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)