बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा
clickmandu.com · Sun Aug 30 00:41:08 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायातको व्यवस्था गरेको छ ।
सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । शनिबारदेखि दुईवटा सवारीसाधनको व्यवस्था गरिएको छ । दुईवटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको हो । यसमा १० यात्रु अटाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)