विदेशी प्राविधिक परिचालन
gorkhapatraonline.com · Sun Aug 30 00:47:02 GMT 2026

भोटेकोशी हिमबाढीमा फसेका नागरिकहरूको उद्धार गर्न शनिबारदेखि दुई छिमेकी देश भारत र चीनका विशेष टोली नेपालमा परिचालित छन् । भारतबाट आएको ११ सदस्यीय उच्चस्तरीय प्राविधिक टोली भोटेकोशी हिमबाढीले अत्यधिक प्रभावित क्षेत्रमा परिचालित भएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ ।
सरकारका तर्फबाट आयोजना गरिएको प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, “भारतबाट शुक्रबार आइपुगेको विशेष प्राविधिक टोली परिचालित भएको हो, चीनबाट शनिबार छ जनाको विशेषज्ञ टोली सघाउन आइसकेको छ ।” मन्त्री खनालका अनुसार भारत र चीनको उच्चस्तरीय प्राविधिक टोली विशेष गरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा अलपत्र परेका नागरिकहरूको उद्धारमा खटिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)