चुनावमा धक्का खाएका छौं, सकिएका छैनौं : केपी ओली
annapurnapost.com · Sun Jun 28 11:22:44 GMT 2026

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चुनावमा धक्का खाएको भए पनि नसकिएको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा धक्का आएको सत्य भएको बताउँदै भने, ‘हामी चुनावमा लडेका छौं, मरेका होइनौं ।’
उनले आफूहरु फेरि उठेर प्रतिक्रियावादीहरुसँग लड्ने, राजनीति गर्ने र त्यो कुनै लुकेको कुरा समेत नभएको बताएका छन् । उनले आफूहरु विध्वंशको बाटोबाट नभई रचनात्मक बाटोबाट, शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्ने बताए । उनले पश्चगामी, प्रतिगामी षड्यन्त्रहरुलाई पराजित गर्दै, धक्काहरुलाई पराजित गर्दै फेरि धूलो टकटक्याउँदै उठ्ने समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)