विश्वकपमा म्यान्चेस्टर सिटीका सर्वाधिक खेलाडी
gorkhapatraonline.com · Sun Jun 07 01:52:41 GMT 2026
विश्वकप फुटबल प्रतियोगिताका लागि सहभागी ४८ टिमकै २६ सदस्यीय टिमको घोषणा भइसकेको छ । प्रायः जसो टिममा विश्वका ठुला क्लबका खेलाडीको बाहुल्य रहेको छ । जसमध्ये यस विश्वकपमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका सर्वाधिक २९ खेलाडीले खेल्ने छन् ।
१९ मध्ये चार जना इङ्ग्ल्यान्डको टिममा रहेका छन् । इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आफ्ना टिममा गोलरक्षक जेम्स ट्राफर्डसहित डिफेन्डर माक गुवेही, निको ओ रिले र जोन स्टोन्सलाई म्यान्चेस्टर सिटीबाट चयन गर्नुभएको छ । पोर्चुगलको टिममा पनि सिटीका तीन खेलाडी छन् । सिटीका कप्तान बर्नाडो सिल्भा, रुवेन डियास र म्याथ्युज नन्सले पोर्चुगलको जर्सीमा देखिनुहुने छ । नेदरल्यान्ड्स र व्रmोएसियाली टिममा सिटीका दुई÷दुई खेलाडी छन् । टिजानी राइडर्स र नाथन एके नेदरल्यान्ड र माटियो कोभासिच र जोस्को ग्वार्डियोल व्रmोएसियाको टिममा हुनुहुन्छ । यसै गरी म्यान्चेस्टर सिटीका अन्य खेलाडी इर्लिङ हालान्ड (नर्वे), ओमार मारमाउस (इजिप्ट) रायन चर्की (फ्रान्स), जेरेमी डोकु (बेल्जियम), रोड्री (स्पेन), रायन आइट नोरी (अल्जेरिया), एन्टोनी सिमेन्यो (घाना) र अब्दुकाडर खुसानोभ (उज्बेकिस्तान) ले पनि विश्वकप खेल्नुहुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)