बालेन सरकारको पहिलो गाँसमै ढुंगा लगाइदिने स्वर्णिमलाई कसरी चिन्ने ?
barnanmedia.com · Thu Jul 23 22:09:17 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शक्तिशाली सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को इमानदार र बोल्ड छविका कारण अहिलेसम्म प्रत्यक्ष रुपमा कसैले प्रश्न उठाउन सकिरहेको छैन । तर उनकै मन्त्रिपरिषद्का कतिपय सदस्य भने बालेनले गरेको विश्वास र दिएको अवसरमा घात गरिरहेका छन् । तिनै मन्त्रीहरुका कारण प्रधानमन्त्री बालेनले बदनामी बेहोर्नुपरेको छ ।
यस मन्त्रिमण्डलमा तुलनात्मक रुपमा पाका, उच्च अध्ययन भएका, सम्बन्धित क्षेत्रका विज्ञ, देश-विदेशको अनुभव भएका र शासन-प्रशासनमा पनि लामै काम गरेका कारण बालेन सरकारको प्रमुख खम्बा अर्थमन्त्री स्वर्णिम वाग्ले बन्ने ठानिएको थियो । तर तिनै विज्ञ अर्थशास्त्री वाग्लेले बालेन सरकारको पहिलो गाँसमै ढुंगा लगाइदिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)