भेनेजुएला भूकम्प : ६७ लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने राष्ट्रसंघको अनुमान
baahrakhari.com · Sun Jun 28 11:51:41 GMT 2026

काठमाडौं । भेनेजुएलामा आएको दुई शक्तिशाली भूकम्पका कारण करिब ६७ लाख ६० हजार मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्रसंघ (यूएन)ले अनुमान गरेको छ ।
अन्तर्राष्ट्रिय बसाइँसराइ संगठन (आईओएम)का अनुसार, उपलब्ध जनसंख्या तथा क्षतिको विवरणका आधारमा यो प्रक्षेपण गरिएको हो । यसमा राजधानी काराकासका मात्रै करिब २० लाख मानिस समेटिएका छन् । आईओएमले यो अनुमानले यस महाविपत्तिबाट उत्पन्न हुन सक्ने विशाल मानवीय संकटको संकेत गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)