३ वर्षीय बालक मृत्यु प्रकरण !
barnanmedia.com · Thu Jul 23 23:08:40 GMT 2026

महोत्तरीमा ३ वर्षीय बालकको हत्यामा संलग्न आरोपमा प्रहरीले १५ वर्षीया बालिका (बालबिज्याँइकर्ता)लाई पक्राउ गरेको छ । सो घटना जेठ २२ मा महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा भएको हो ।
जेठ २२ मा ३ वर्षिय मनिकेश कुमार यादव घर बाहिर खेल्न गएका थिए । खेल्ने क्रममा बेपत्ता भएका मनिकेशको शव जेठ २४ मा पानी पोखरीमा बोरामा हालेको अवस्थामा भेटिएको थियो । मृतकले हातमा लगाएको दुई वटा चाँदीको बाला पनि थिएन। अनुसन्धान गर्दै जाँदा साउन ५ मा सोही ठाउँमा बस्ने १५ वर्षीया बालबिज्याँईकर्ताको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)