रसुवा बाढीपछि सम्पर्कविहीन पर्सा, बारा, सर्लाही र भारतका ३९ जनाको नाम सार्वजनिक(नामवलीसहित)
kendrabindu.com · Sun Aug 30 01:15:48 GMT 2026

पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीपछि विभिन्न स्थानबाट सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भारतका गरी ३९ जनाको विवरण जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको छ। रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि आफन्तसँग सम्पर्कविहीन भएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको खोज तथा उद्धारसम्बन्धी सूचनामा सार्वजनिक गरिएको नामावलीमा पर्साका व्यक्तिसँगै बारा, सर्लाहीका केही व्यक्ति तथा भारतीय नागरिकको नामसमेत परेको छ। सूचीमा परेका केही व्यक्तिका आफन्त भने प्रशासनको सम्पर्कमा आइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)