अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
barnanmedia.com · Thu Jul 23 23:47:14 GMT 2026

काठमाडौँ, ८ साउनः नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित हुनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार यहाँ सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो । यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन हुनुहुन्थ्यो । सम्मेलनले एचसिसीएनको भाइस डिनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)