बाढी प्रभावित थप सात स्थानमा मोबाइल सेवा शुरू
lokaantar.com

नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा सेवा शुरू गरेको छ । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन् ।
नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्री ए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत् सेवा पुन: सञ्चालन गरेको हो । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । यसका लागि आवश्यक सामग्री सवारी साधनको प्रयोग गरी तथा भरियामार्फत ढुवानी गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)