सुरुङमा फसेकाहरूको उद्धारका लागि रातभर जारी रह्यो प्रयास
hamrakura.com · Sun Aug 30 00:00:00 GMT 2026

काठमाडौं । प्रतिकूल मौसम र रातको गहिरो अँध्यारोका बाबजुद पनि बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनामा सुरुङ तथा विभिन्न संरचनाभित्र फसेका नागरिकहरूको उद्धारका लागि अथक प्रयास जारी राखिएको छ।
अविरल वर्षा र निकै अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको विशेष उद्धार टोली रातभर खटिएर खोज तथा उद्धार कार्यमा तल्लीन रहेको छ। रातको समयमा हुने अँध्यारो र मौसमको प्रतिकूलताका कारण सिर्जित विभिन्न जोखिमहरूलाई पन्छाउन घटनास्थलमा उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी रातिको समयमा पनि उत्खनन र खोजीको काम निरन्तर अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)