सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
barnanmedia.com · Sun Jun 28 11:50:15 GMT 2026

: रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सर्वोत्कृष्ट उद्यमीलाई रु एक लाख पुरस्कारसहित सम्मान गरेको छ ।
रेसुङ्गा नगरपालिका–१० सिमीचौरका कृषक विनबहादुर कुँवरलाई नगरपालिकाले सर्वोत्कृष्ट उद्यमी घोषित गर्दै रु एक लाख नगद पुरस्कारबाट सम्मान गरेको हो । दुई दशकभन्दा लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका कुँवर १३७ जना उद्यमीमध्ये सर्वोत्कृष्ट उद्यमीमा छनोट हुनुभएको हो । कुँवरले हाल ६५ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा तरकारी खेती गर्दै आइरहनुभएको छ । चार चरणको प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट १३७ आवेदकमध्ये नगरपालिकाले उत्कृष्ट १० उद्यमीलाई छनोट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)