ट्रम्पले दिए हुथीहरूलाई सैन्य दण्डको चेतावनी
nepalviews.com · Fri Jul 24 01:19:57 GMT 2026

एजेन्सी । यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि इरानलाई जिम्मेवार ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरान र हुथी दुवैलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पको यो चेतावनी तेहरान समर्थित हुथीहरूले रेड सीमा तेल ट्याङ्करहरूमाथि मिसाइल र ड्रोन आक्रमण गरेपछि आएको हो।
उनीहरूले साउदी अरबमाथि नाकाबन्दी लगाएको दाबी गरेका छन् । “अमेरिकाले इरानलाई जिम्मेवार ठहर गर्नेछ, किनकि हुथी इरानी सहयोगमा चलेका छद्म सशस्त्र समूह हो । यदि यमनी विद्रोहीहरूले रेड सीमा थप आक्रमण गरे भने इरान र निश्चित रूपमा हुथीहरूमाथि ठूलो सैन्य दण्ड दिइनेछ,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)