मध्यरातमा मोदीको भिडियो सन्देश: पेपर लिकविरुद्ध कडा कानुन ल्याउने घोषणा
kendrabindu.com · Fri Jul 24 01:22:28 GMT 2026

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यराति पेपर लिकविरुद्ध कडा सजायको व्यवस्था गर्ने नयाँ कानुन ल्याइने घोषणा गरेका छन्। यससम्बन्धी मस्यौदामाथि शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुने र स्वीकृतिपछि आगामी साता संसद्मा प्रस्तुत गरिने उनले बताएका छन्। कानुनलाई सकेसम्म छिटो पारित गराउने सरकारको तयारी छ।
मोदीले राति १२ बजे आफ्नो एक्स अकाउन्टमार्फत् २ मिनेट ५६ सेकेन्डको भिडियो सन्देश सार्वजनिक गर्दै पेपर लिक सामान्य विषय नभएको बताए। ‘यो लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि अत्यन्त पीडादायी विषय हो,’ उनले भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)