प्रश्नपत्र चुहावट प्रकरण : २६ दिनपछि भारतीय अभियन्ता सोनम वाङचुकले तोडे आमरण अनशन
nepalnews.com · Fri Jul 24 01:42:35 GMT 2026

काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्। मेडिकल कलेज प्रवेश परीक्षासहित विभिन्न राष्ट्रिय परीक्षामा भएका प्रश्नपत्र चुहावटका घटनाको विरोध गर्दै उनले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागसहित गत जुन २८ देखि अनशन सुरु गरेका थिए।
बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’मार्फत वाङचुकले विभिन्न पक्षसँग भएको लामो छलफल र देशमा सम्भावित हिंसात्मक अवस्था रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनले अनशन तोड्न सहमति जुटेका विषयहरूबारे भने छुट्टै भिडियोमार्फत सार्वजनिक गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)