लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु, दुई इजरायली सैनिक पनि मारिए
nepalviews.com · Sun Jun 07 02:24:15 GMT 2026

एजेन्सी । इजरायलले लेबनानमा गरेको पछिल्लो हवाई तथा ड्रोन आक्रमणमा सेनाका उच्च अधिकारीसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । शनिबार दक्षिणी लेबनानको कफर तेबनित क्षेत्रमा लेबनानी सेनाको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा एक जना ब्रिगेडियर जनरल, एक जना क्याप्टेन र अर्का एक सैनिकको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
गत मार्च २ देखि सुरु भएको यो द्वन्द्वमा हालसम्म ५० भन्दा बढी लेबनानी सैनिक मारिए पनि यति उच्च तहका सैन्य अधिकारी मारिएको यो पहिलो पटक हो ।लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार लेबनानी सेनाका अधिकारीहरू मारिएको घटनाबाहेक अन्य क्षेत्रमा पनि इजरायलले घातक आक्रमणहरू गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)