भोटेकोशी बाढी : धादिङमा ५१ शव फेला, सुरक्षित व्यवस्थापनमा समस्या
annapurnapost.com · Sun Aug 30 01:39:18 GMT 2026

धादिङ : भोटेकोशी बाढीपछि धादिङमा ५१ शव तथा मानव अंग फेला परेका छन्। नेपाल प्रहरीका अनुसार फेला परेकामध्ये १२ महिला, १२ पुरुष, ६ वटा पहिचान नखुलेका शव र २१ वटा आंशिक मानव अंग रहेका छन्।
फेला परेका शवमध्ये एउटा शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। शव भण्डारणका लागि पर्याप्त रेफ्रिजरेटिङ कन्टेनर तथा शवगृहको व्यवस्था नहुँदा फेला परेका शव सुरक्षित राख्न समस्या भएको छ। अस्पतालका शवगृह भरिएपछि अधिकांश शवलाई धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)