आज काठमाडौँमा तरकारी र फलफूलको भाउ प्रतिकेजी कति रुपैयाँ होला ? हेर्नुस् मूल्यसूची
arthadabali.com · Fri Jul 24 03:05:51 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २७ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५४ रुपैयाँ रहेको छ ।
यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, मूला रातो प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)