‘सरकार, जात चिन्छौ कि मान्छे?’
nagariknews.nagariknetwork.com · Fri Jul 24 02:54:38 GMT 2026

दलित युवती दीपा नेपालीले माइतीघरमा डेरा अर्थात् कोठा भाडामा हुने जातीय विभेदविरुद्धको न्यायका लागि धर्ना दिएको बिहीबार ९६ दिन पूरा भएको छ, तर तीन महिना बितिसक्दा पनि प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरीय पहल भएको छैन। नयाँ सरकार पनि जातीय विभेदका मुद्दामा गम्भीर नभएको उनको गुनासो छ। उनले भनिन्, ‘नयाँ सरकारले पनि टार्नै खोजेजस्तो लागेको छ।’
दीपाले गत वैशाख ६ देखि माइतीघरमा धर्ना सुरु गरेकी हुन्। उनले कोठा भाडामा दिँदा कुनै पनि घरबेटीले जात सोधेर भाडा दिने प्रवृत्ति अन्त्य गर्न कानुनी व्यवस्था हुनुपर्ने माग राख्दै आएकी छन्। घर भाडामा हुने विभेद अन्त्यका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारले वार्तामार्फत सुल्झाउनुपर्नेमा अहिलेसम्म बेवास्ता गरेको उनको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)