कासेमिरो अनुबन्धित भएपछि इन्टर मियामीमाथि छानबिन
nagariknews.nagariknetwork.com · Fri Jul 24 03:17:25 GMT 2026
ब्राजिलका अनुभवी मिडफिल्डर कासेमिरोलाई अनुबन्धित गरेपछि इन्टर मियामीमाथि नियम उल्लंघन गरेको आरोपबारे छानबिन सुरु भएको छ।
मेजर लिग सकर (एमएलएस) ले कासेमिरोको अनुबन्धनबारे इन्टर मियामीमाथि अनुसन्धान सुरु गर्ने जनाएको हो। बुधबार इन्टर मियामीले ३४ वर्षीय कासेमिरोसँग सन् २०२७ को एमएलएस सिजनको अन्त्यसम्मका लागि सम्झौता घोषणा गरेको थियो। सम्झौतामा सन् २०२९ को जुनसम्म थप गर्ने विकल्प पनि राखिएको छ। कासेमिरो गत सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेडबाट बाहिरिएका थिए। तर, मियामीले उनको अनुबन्ध सार्वजनिक गरेको केही समयमा नै एमएलएसले विज्ञप्ति जारी गर्दै क्लबविरुद्ध ‘ट्यम्परिङ’ सम्बन्धी आरोपको समीक्षा गरिरहेको जनाएको छ। ‘लिगले यस विषयसँग सम्बन्धित सबै जानकारी संकलन गरिरहेको छ। समीक्षा पूरा नभएसम्म यसबारे थप टिप्पणी गरिने छैन,’ एमएलएसले भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)