सत्ताको अहंकारले मुर्झाइरहेको समाजको आशा
nepalviews.com · Fri Jul 24 03:15:38 GMT 2026

गणेश नेपाली आफैं सहभागी भएर २०८२ सालको भदौमा गरेको आन्दोलन अनि फागुनमा हालेको भोटले अहिलेको सरकार बनेको हो । सरकार बनेको एकसय दिन पूरा भइसकेको छ । गणेशजस्तै हजारौँ नौजवान युवाहरूलाई उक्साएर आन्दोलनलाई ध्वंसात्मक बनाउनेहरू कतिपय आज यो सरकारमा छन् । राज्यका विभिन्न सार्वजनिक पदमा हालिमुहाली गरिरहेका छन् । तर, गणेश नेपालीहरू भने यो सरकार र राज्यसँग आफ्नोपनको अनुभूति गर्न नसकेर आफ्नै शरीरमा आगो झोसेर जीवन त्याग गरिरहेका छन् । यो बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको असफलताको सबैभन्दा ठूलो प्रतिविम्व हो । र हो विडम्वनापूर्ण प्रतिनिधि उदाहरण ।
सरकार गठन भएको महिना दिन पनि नपुग्दै वागमती किनारमा जीवनको अस्तित्व खोजिरहेका १९ वर्षिय रोविन तामाङ र ६१ वर्षिय इन्द्रबहादुर राईलाई प्राणको आहुती दिन बाध्य पारेको पनि यही सरकारले हो । कीर्तिपुरमा होल्डिङ सेन्टर नामको कैदखानामा उपचार नपाएर मृत्युवरण गर्न बाध्य भेषबहादुर दर्जीको बहिखातामा पनि यही सरकार कारण बनेर दर्ज भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)