करदाता त्रसित होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री
annapurnapost.com · Fri Jul 24 03:30:32 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित नबनाई खुसी पारेरै कर उठाउन निर्देशन दिएका छन्। आन्तरिक राजस्व विभाग लाजिम्पाटमा बिहीबार कर अधिकृतहरूलाई सम्बोधन गर्दै डा. वाग्लेले कर संकलनको नाममा करदातालाई त्रास नदिन भनेका हुन्।
‘कर प्रशासनमा सुधार भएको अनुभूति दिनुपर्छ र कर तिर्न बोझ होइन, जिम्मेवारी हो भन्ने करदातामा भाव आउने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘करको दायरा विस्तार गर्न भने जरुरी छ।’डा. वाग्लेले अब्बल काम गरेर राज्यलाई लाभ दिलाउने कर्मचारीलाई प्रोत्साहन गर्ने बताए। उनले कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिको अभाव भए जानकारी गराउनसमेत भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)